बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।
११ वैशाखमा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशसभामा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा बहुमत पुर्याउन ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।













