हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।

सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेकाे र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य भएका छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?