पाकिस्तानका पूर्व विदेशमन्त्री पक्राउ, हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का नेता शाह मोहमद कुरैशी पक्राउ परेका छन्। उनलाई आज बिहान इस्लामाद प्रहरीले उनलाई पक्राउ गरेको पीटीआईले दाबी गरेको छ।

पक्राउपछि उनलाई अज्ञात स्थलमा लगिएको छ।  पार्टीले ट्विटरमा साझा गरेको भिडियोमा सादा लुगा लगाएका मानिसहरूले कुरेशीलाई हिरासतमा राखिएको स्थानबाट प्रस्थान गर्नुअघि पार्टी कार्यकर्ताहरूलाई हात हल्लाइरहेको देखाइएको छ।

गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, ‘मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।‘

उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन्।

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएको विरोध देशभर फैलिएको छ। हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ।  एक हजार प्रदर्शनकारी पक्राउ परेका छन्।  प्रधानमन्त्री शहबाज शरीफले विरोध प्रदर्शनलाई आतंककारी गतिविधिको संज्ञा दिंदै भर्त्सना गरेका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै शरीफले सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयहरुमा थप आक्रमण गरिए कठोर कारबाही गरिने चेतावनी दिएका हुन्।

पूर्वप्रधानमन्त्री खान र उनको दल पीटीआईका कार्यकर्ताले संवेदनशील सैन्य अखडामा आक्रमण गरेको शरीफको आरोप छ । खानका समर्थकले लाहौरस्थित प्रधानमन्त्री शरीफको निजी निवासका साथै एक उच्च सैन्य जनरलको निवासमासमेत आक्रमण तथा आगजनी गरेका छन्।​

पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मंगलबार र बुधबार देशका विभिन्न सहरमा गरिएको विरोध प्रदर्शनका क्रममा पञ्जाब प्रान्तमा मात्रै १४ वटा सरकारी भवन तथा प्रहरीका २१ वटा भ्यानमा आगजनी भएको छ। राजधानी इस्लामाबादका साथै पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सेना परिचालन गरिएको छ।

पूर्वप्रधानमन्त्री खानलाई अल कादिर ट्रष्ट सम्बन्धी जमिन भ्रष्टाचार मामिलामा मंगलबार त्यहाँको भ्रष्टाचार विरोधी निकाय एनएबीले आफ्नो नियन्त्रणमा लिएको थियो। बुधबार अदालतले खानलाई आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ।

सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका पूर्वक्रिकेटर खान यो मामिलामा दोषी ठहरिए जीवनभर नै चुनाव लड्न नपाउने गरी प्रतिबन्धित हुनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?