अर्घाखाँची । देशमा देखिएको आर्थिक सङकटलाई न्युनिकरण गर्न सरकारले निजि क्षेत्रलाई सगै लिएर जानुपर्ने उधोग बाणिज्य सघका नवनिर्वाचित केन्द्रीय सदस्य जम्शेर अलि मियाले बताएका छन् ।
नेपाल यातायात मजदुर संघद्वारा अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको सम्मान कार्यक्रममा मन्तब्य राख्दै मियाले यस्तो बताएका हुन् । मियाले देशमा उधोगी व्यापारीका समस्या दिनप्रतिदिन बढ्दै गई व्यापारीहरू धरासायी अबस्थामा रहेकोले यसको न्युनिकरण गर्नका सरकार जिम्मेवार बनेर अभिभावकीय भुमिका निर्वाह गनुपर्न बताए ।
मियाले उधोग बाणिज्य सघमा विगत लामो समयदेखि महत्त्वपूर्ण जिम्मेवारी सम्माल्नुको साथै उधोगीको क्षेत्रमा महत्त्वपूर्ण काम समेत गर्दै आएका छन् । गृह जिल्ला अर्घाखाँची भएता पनि कामको शिलशिला व्यापारी, उधोगीको क्षेत्रमा कपिलवस्तुबाट त्रियाशिल रहदै आएका छन् ।
कार्यक्रममा चेम्बर अफ कमर्श अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ लगायतले मियालाई फुलमाला सहित सम्मान गरेका थिए । कार्यक्रम सघका अध्यक्ष हरि प्र पन्थीको अध्यक्षता आत्मसिह घर्तीको सञ्चालन उपाध्यक्ष राजेन्द्र कक्षपति श्रेष्ठ को स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम सघका पदाधिकारी तथा सदस्यले फुलमाला मायाको चिनो डोसल्ला ओडाएर सम्मान गरेका थिए ।













