अर्घाखाँची । अर्घाखाँचीमा भ्रष्टाचारका बिरुद्धमा प्रदर्शन गरीने भएको छ ।
नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ लगायत नेपाली कांग्रेसको भातृ संस्थाहरुको आयोजनामा भोली शुक्रबार सन्धिखर्कमा हुने भ्रष्टाचार बिरुद्धको विरोध कार्यक्रम आयोजना गरीएको नेबिसंघका जिल्ला सभापति भरतमणि भट्टराईले जानकारी दिए ।
उनका अनुसार जिल्लाका जनप्रतिनिधि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको सन्दर्भमा अन्य भ्रष्टाचारका बिरुद्धमा पनि छानविन गरी दोषिलाई हदैसम्मको कार्वाहीको दायरामा ल्याउन प्रदर्शन गरीने भएको हो । यो प्रदर्शन बिरोधका लागि मात्र नभएर सरकारलाई निश्पक्ष रुपमा छानबिन गर्न दवाव शिर्जना गर्ने उदेश्यले आयोजना गरीएको भन्दै उनले सबैलै भ्रष्टाचार विरुद्ध ऐक्यबद्धता जनाउन अनुरोध गरेका छन् ।
कार्यक्रम शुक्रवार बिहान ठिक १०ः३० बजे शान्ती बगैंचामा हुने छ ।












