एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दै

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।

हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हरायो ।

किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ । प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्। राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?