बुटवल : प्रेस युनियनको स्थापना दिवसमा रक्तदान

बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले बताए ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताए । उनले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गरे ।

त्यस अवसरमा अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराएका थिए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताइन् ।

प्रजातन्त्र पुनः स्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।

त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

No description available.

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?