काभा महिला भलिबलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

काठमाण्डाै । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ ।

आज आइतवार त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।

पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०–२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५–१६, तेस्राे सेट २५–१५ र चाैथाे सेट २५–१३ ले जित्याे । याे हारसँगै उज्बेकिस्तान प्रतियाेगितामा चाैथाे भएकाे छ ।

गएकाे शुक्रवार भएको दाेस्राे सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणकाे विजेता नेपाल फाइनल पुग्न असफल भएकाे थियाे । शुक्रवार नै भएकाे पहिलाे सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेकाे थियाे ।

आजै प्रतियाेगिताकाे उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरकाे कभर्ड हलमा दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?