कांग्रेस सन्धिखर्क २ नम्बर वडाको प्रथम वडा सम्मेलन सम्पन्न

अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार आज सन्धिखर्क वडा नम्बर २ को सम्मेलन सम्पन्न भएको हो । सबै अट्ने कांग्रेस सबैलाई जोड्ने कांग्रेसको मुल नारा सहित जिल्ला व्यापी रुपमा अभियान रहेको पार्टिले आज जिल्लाभर एकसाथ वार्ड सम्मेलनको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कमल प्रसाद भुसालले पार्टी शुद्धिकरण हुन जरुरी रहेको र जनता संग नेपाली कांग्रेस प्रत्यक्ष जोडिएको बताएका हुन भने महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई, सन्धिखर्क नगरपालिकाकी उपसभापति शान्ता पन्थी, पुर्व वडा पार्टी सभापति बिष्णु भुसाल, क्षेत्रीय प्रतिनिधि निरेन्द्र रायमाझी लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जेष्ठ नागरिक, महिला संघ, भात्री संघसंस्थाका प्रतिनिधि लगाएत अन्य कृयाशिल सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कांग्रेस अर्घाखाँचीले ६१ वडामा एकैपटक वडा सम्मेलन सम्पन्न गरेकाे छ ।

कार्यक्रम सन्धिखर्क वडा नं २ का पार्टि सभापती बिनय नेपालीको अध्यक्षता, क्षेत्रीय प्रतिनिधि हलिम खाँनको स्वागत मन्तव्य र नेता अशोक पौडेलको संचालनमा सम्पन भएको थियो ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?