लगातारको झरी आजदेखि बिस्तारै कम हुने : पश्चिमी क्षेत्रमा मौसम सुधार हुदै

काठमाण्डाै । केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् रोजन लामिछानेलेका अनुसार गण्डकी र लुम्बिनीसहित पूर्वका केही क्षेत्रमा मौसम बदली नै छ । पूर्वी क्षेत्रमा मौसम सुधार हुन केही दिन लाग्ने छ । कोशी, मधेस र बाग्मतीमा बदली र हल्का वर्षाको सम्भावना छ । तर निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै, नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?