मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गर्छौँँ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सहमति  कार्यान्वयनमा जोड दिने बताएका हुन्।

उनले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने भन्दै यो शुरुआत भएको र अझै संघर्ष बाँकी नै रहेको बताए। उनले अब पीडितले हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको बताए।

उन आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिने र त्यही आधारमा सरकार अघि बढ्ने जानकारी गराए।

लामिछानेले सम्झौताको विषयमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको‍ बताए। ‘सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। अलिकति समय दिनुहोला। अन्याय पर्दा खबरदारी गर्न भने नछाड्नुहोला’, उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?