प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रेमीले गरे सुस्माको हत्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन्। उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो।

प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरका २१ वर्षिय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार,माघ २२ गते कलेज जान भनि निस्किएकी लामा सम्पर्कमा आइनन्। माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोष्ट गरिन्। परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो। एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ। हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन्।

अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?