चर्चित गायक विशाल रायमाझीको हङकङ मलाय बजारमा दर्शकको माया अत्याधिक

अर्जुन भुसाल । बिसाल रायमाझी र पूर्णकला बिसीको स्वरमा ‘हङकङ मलाय’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडिओ सार्वजनिक भएको छ । करिब चौध मिनेट लामो भिडिओ भरि अहिलेको युवाहरुको बिदेशीनु परेको पिडालाई लक्षित गरेर परदेशीलाई अन्त लाग्न नहुने सन्देश दिन खोजिएको छ ।

सुन्दर परिवारलाई सानो गल्तीले तहसनहन गरेर आउने परिणाम र गर्भवती श्रीमतीलाई छोडेर बिदेशीनु परेको पिडालाई भिडिओले प्रष्ट रुपमा देखाउन खोजेको छ । बिदेशीने अधिकांश युवाहरुको परिवारमा आउने बिखण्डनलाई गीतले देखाउन खोजेको गायक रायमाझी बताउँछन् ।

भिडिओबारे गायक रायमाझी भन्छन्, ’नेपाली समाजमा पछिल्लो समय देखिएको बिदेश मोह र बिदेशिएका युवाहरुमा देखिएका पारिवारीक बिखण्डनले मन छिया–छिया हुन्छ अनि गर्भवती श्रीमतीले भोग्नुपरेका समस्यालाई मूल्याकंन नगर्ने युवा जमात पनि देखिन्छ । यो समस्या विशेषतः युवाहरुमा बढी देखिने गर्दछ । उनीहरुलाई यो समयमा उचित जागरुक बनाउनु खाँचो हुन्छ । त्यसैले अहिलेका युवाहरुको जल्दोबल्दो अवस्थालाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो ।’

‘बिदेशिने त बिदेशिएकै हुन्छन् तर कति दुख गरेर श्रीमतीले आफ्ना सन्तानका लागि काम गरिरहेका हुन्छन् त्यो बिदेश जाने श्रीमानले सोच्दैनन् । हरेक समस्याको समाधान पक्कै हुन्छ । त्यसैले बिदेशिनु भन्दा परिवार सँगै बसेर रमाउन सक्नु ठिक हो भनेर पर्दा मार्फत देखाउने खोजेको छु’, उनले भने ।

सार्वजनिक गीतको भिडिओमा एलिना रायमाझी, बिक्रम बुढाथोकी, बिसाल रायमाझी, जयश अधिकारी, नरेश आदि लगायतका कलाकारले अभिनय गरेका छन् । गीतमा बिसाल रायमाझीको शब्द छ । बिश्वास नेपालको म्युजिक तथा एरेन्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतमा प्रकाश खड्काको सिनेमेटोग्राफर, दुर्गेश रानाको इडिट, राजकुमार मगरको कलर र राजकुमार फिल्मस्को पोष्ट प्रोडक्सन छ । गितको भिडियो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सेरोफेरोमा छायांकन गरिएको छ ।
भिडिओलाई गायक बिसाल रायमाझीले निर्देशन गरेका छन् । भिडिओ रायमाझीको आफ्नै आधिकारिक युट्युब च्यानल ’बिसाल रायमाझी’ मार्फत सार्वजनिक भएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर गितसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रायमाझीका चर्चित गीतहरु भिरको डाले घाँस, परदेशीले बिर्सियो घर, बेइमानी मायाले, सिर्की घाँटीमा, पानी केलाई पछ्यौरी धुनलाई, नक्कली भेना, चिया सस्तो छ लगायतका रहेका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?