संसद अवरोधको अडानबाट पछि हट्यो कांग्रेस, नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ।

सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो।

संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।  भेटमा प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका थिए।

राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको हो।  कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

संयुक्त बैठकपश्चात् साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। साँझको बैठक भने अवरोध गर्ने कांग्रेसको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?