मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् ।

बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् ।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् ।

महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?