नेपाल र भारतको उपाधि भिडन्त आज

काठमाडौं । काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्।

यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो । खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ । मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।

लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।  नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन्। कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्‍याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।

नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?