काठमाडौं । संसद्मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।
जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए । त्यसपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्न लागेको हो ।













