बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त २ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेकी कृष्णा केसीलाई सहरी विकास र प्यूठानका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका हुन् ।
यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मुख्यमन्त्री आफैँले राखेका छन् ।













