बुटवल । नेपाली युवा उधमी मन्च रुपन्देहीको आयोजनाामा यहि माघ १३ गते शनिबार तेस्रो’युवा उद्यमी सम्मेलन २०२४’ हुने भएको छ । कोटिहवामा रहेको टाइगर पेलेस रिसोर्टमा आयोजना हुने सम्मेलनको तयारी तिब्र पारिएको छ ।
कार्यक्रमका प्रमुख वक्तामा निमबुस समुहका एमडी आनन्द बगारिया,प्यानल छलफलमा मध्यस्थ कर्ता पत्रकार रुपेश श्रेष्ठ, प्यानल सदस्यमा नेपाली युवा उधमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द वझा, एनएमबी बैंक लिमिटेड का एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरेको सहभागीता हुने भएको छ ।
यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्रान्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपाल का बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौँ का प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका संचालक प्रशान्त घिमिर, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा लि का संचालक अभिरथ अग्रवाल लगायतको विशेष प्रस्तुत रुहने जनाइएको छ ।
सम्मेलनमा रुपन्देही र अरु बिभिन्न सहरका नयाँ उधमीको नयाँ उत्पादनको प्रदर्शन स्टल र प्रचार र मार्केटिंग समेत गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।













