अर्जुन भुसाल, पोर्चुगल । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रालि अनामनगरद्वारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को अवशरमा लोक गायक रामचन्द्र चन्द सम्मानित भएकाछन् ।
कार्यक्रमा प्रमुख अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट चन्द सम्मानित भएका हुन् ।
बिशाल मुमिजका अध्यक्ष तथा चर्चित गायक, सर्जक हुम गैरेको अध्यक्षता एवं बरिष्ठ लोक गायक ईन्द्र जिसीको अवार्ड संरक्षकमा सम्पन्न कार्यक्रममा पत्रकार कबिराज ढकालसगैं बरिष्ठ लोक गायक राजु परियार लगायत नेपाली लोक संगीतमा क्रियाशिल करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा-सर्जकहरूलाई पनि सम्मान गरिएको थियो ।












