back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

spot_img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन्।

Workplace

बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी  २६८ सांसदमध्ये १५७  मत पक्षमा र  ११०  मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।

आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रह्यो।

यसअघि गत वर्ष १० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए। त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए।

त्यसपछि फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन ब्युँतिएपछि एमालेले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक ६ चैतमा विश्वासको मत लिएका थिए। त्यसबेला १७२ पक्षमा र विपक्षमा ८९ मत खसेको  थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?