प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन्।

बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी  २६८ सांसदमध्ये १५७  मत पक्षमा र  ११०  मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।

आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रह्यो।

यसअघि गत वर्ष १० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए। त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए।

त्यसपछि फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन ब्युँतिएपछि एमालेले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक ६ चैतमा विश्वासको मत लिएका थिए। त्यसबेला १७२ पक्षमा र विपक्षमा ८९ मत खसेको  थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?