back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

संसद अवरोधको अडानबाट पछि हट्यो कांग्रेस, नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

spot_img

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ।

सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो।

संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।  भेटमा प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका थिए।

राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको हो।  कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

संयुक्त बैठकपश्चात् साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। साँझको बैठक भने अवरोध गर्ने कांग्रेसको भनाइ छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?