काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार ओमानको सामना गर्दैछ।
पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले दुई ओभरमा खाता खोल्न सकेको छैन। नेपालका लागि ओपनिङमा आएका आशिफ शेखले ६ तथा कुशल भुर्तेलले ६ बलको सामना गरेका छन्।
नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ।












