back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

बुटवल उपमहानगरले ल्यायो एआई च्याटबट, सम्पूर्ण सेवाको जानकारी फेसबुकबाटै

spot_img

बुटवल । बुटवल उपमहानगरपालिकाले कार्यालयको सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै उपमहानगरले औपचारिक रूपमा च्याटबट सञ्चालनमा ल्याएको हो ।

Workplace

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहायताले सञ्चार गर्ने उक्त च्याटबटले सेवाग्राहीले सोधेका प्रश्नको जवाफ दिने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

“स-साना कुराको जानकारीका लागि पनि सेवाग्राहीहरू पालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्था छ,” टेकपानासँग कुरा गर्दै पाण्डेयले भने, “यही समस्यालाई मध्यनजर गर्दै हामीले यूएनडीपीको सहयोगमा यो प्रणाली प्रयोगमा ल्याएका हौँ ।”

पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाको फेसबुक पेजबाट यो च्याटबटसँग कुरा गर्न सकिन्छ । उक्त फेसबुक पेजमा गई मेसेजको अप्सनमा क्लिक गरिसकेपछि ‘गेट स्टार्टेड’ (Get started) अप्सन देखिन्छ । उक्त अप्सनमा क्लिक गर्दा उताबाट परिचय सहितको मेसेज आउँछ ।

नेपाली अक्षरमा आउने मेसेजमा आफूलाई के जान्न मन छ त्यसैको अप्सन राखिएको हुन्छ । यसरी सेवाग्राहीले आफूलाई चाहेको सूचना पाउन सक्ने उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

“जन्मदर्ता, मृत्युदर्ता लगायत अन्य कागजात बनाउँदा के-के गर्नुपर्छ वा के के आवश्यक पर्छ भन्ने कुरा थाहा पाउन मेसेञ्जर च्याट प्रयोग गर्न सकिन्छ,” अर्यालले भनिन्, “कार्यालयमा के-कस्ता काम भइरहेका छन्, कर्मचारीहरू कहाँ छन् लगायत सेवाग्राहीले पाउनुपर्ने अन्य सूचना त्यही च्याटबटबाट पाउन सकिन्छ ।” कार्यालयको यो कदमले नागरिकले पाउनुपर्ने सूचनाको हकको अधिकारलाई सम्बोधन गर्ने उनीहरूको विश्वास छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?