नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं । हृदयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।

गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बने। यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर  २ बाटै विजयी भएका थिए।  २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बने।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भए।  सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत बने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?