संघर्षको गाथा: गरिबीको छायाबाट सफलता तर्फको यात्रा

बम्बईमा सिकेको आईटी ज्ञान र बुटवलमा गरेको संघर्षको बलमा पुनः गाउँमै केही गर्ने सोच बनाए । अहिले उनि दुर्गाफाँटमा रिजन विविध सेवा आइटि सोलुसन संचालन गरेर आइटि व्यवसायमा सकृय छन ।

अति विपन्न परिवारमा जन्मनु भनेको जीवनभर संघर्ष गर्दै अघि बढ्नु हो। पाणिनी गाउँपालिका-४, उपल्ला पटौटी सिदुरे पानी गैरे टोलमा २०४३ असोज ९ गते जन्मिएका बुबा भेकलाल गैरे र आमा सावित्रा गैरेका एक मात्र छोरा कृष्ण गैरे, जसको बाल्यकाल गरिबीको चपेटामा बित्यो। बुवा परदेशी जीवन बिताउन १६ वर्षको उमेरमै भारत जानु भएको थियो। हजुरबा र हजुरआमाको अनुहार पनि नदेखेको त्यो बालकको बाल्यकाल कठिन संघर्षका साथ बित्यो। छ बहिना फुपू, दिदी, र अङ्कल सबैको सहारा आमा सावित्रा गैरे नै हुनुहुन्थ्यो ।

गैरेको बाल्यकालको कठिन दिनहरूमा एक अविस्मरणीय घटना मानसपटलमा सँधै ताजा रहने बताउछन । आठ जनाको परिवारमा जम्मा दुईवटा थाल थिए, एउटा नयाँ गिल्टीको र अर्को चुहिने पुरानो थाल। त्यही थालको लागि अङ्कल र आफ्नो लडाइँ भएको घटना अझै पनि उनको स्मृतिमा जिवन्त छ । गरिबीको त्यो अवस्था कटाउन बुवाको परदेशी जीवन, आमाको जिम्मेवारीमा तीन बहिनीहरूको पालनपोषण, मेलापातको कठिन श्रम, अनि अभावै अभावका दिनहरू थिए । तर, यी सबै कठिनाइको बाबजुद पनि उनि अध्ययनमा सधैं अब्बल रहे।

शिक्षाको यात्रा र संघर्ष

श्री जनकल्याण आधारभूत विद्यालयबाट प्रारम्भीक शिक्षा सुरूवात गरेका उनले श्रीदेवी प्रभाव माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरे। त्यतिबेला एसएलसी दिनको लागि सदरमुकाम सन्धिखर्क पुग्न गाडी भाडा जुटाउन नसकेर पैदल यात्रा गर्नु परेको उनि सम्झिन्छन् । उनि भन्छन्, “यो यात्रा अहिले पनि सपनाझैँ लाग्छ ।” एसएलसी सेकेन्ड डिभिजनमा पास गरेपछि गणित विषय लिएर क्याम्पस पढ्ने रहर जाग्यो। तर, पाल्पा तानसेनभन्दा नजिक गणित विषय नपाइने भएकाले त्रिभुवन बहुमुखी क्याम्पसमा मानविकी संकायमा भर्ना भए।

बजारको बसाइ दिनप्रतिदिन खर्चिलो हुँदै गएकाले घरबाट तानसेन पैदल यात्रा नै गर्नुपर्ने अवस्था थियो । बुवाले आर्थिक कठिनाइहरू व्यक्त गर्दै पढाइ रोक्ने संकेत दिनुभयो। त्यसपछि कम्प्युटर शिक्षा र आईटी पढ्ने रहर जाग्यो, तर आर्थिक अभावकै कारण त्यो सपना साकार हुने सम्भावना न्यून देखिन्थ्यो। त्यही बेला कतारबाट आएका कान्छा मामा पदम घिमिरेले मुम्बई लैजाने प्रस्ताव गरे । IT सिक्ने हुटहुटी अहित काम गर्ने र कम्प्युटर पनि पढ्ने योजना बनाएर गैरे भारततर्फ लागे।

मुम्बईको संघर्ष र सफलता

मुम्बई पुगेपछि न्यू मुम्बई वासी क्षेत्रमा रेस्टुरेन्टमा काम गर्न थाले । रातभरि २ बजेसम्म होटलमा काम गर्ने अनि बिहानै उठेर कम्प्युटर सिक्न जाने गैरेको दैनिकी बन्यो । यो लगनशीलताले कम्प्युटरमा राम्रो दक्षता हासिल गर्न मद्दत गर्यो । तीन वर्ष मुम्बईको संघर्षले उनको जीवनलाई नयाँ दिशा दिदै थियो तर डेंगु जस्तो खतरनाक रोगले शरीरलाई च्याप्यो। मृत्युको मुखसम्म पुगेको तितो सम्झना उनि सुनाउछन । त्यसपस्चात उनि नेपाल फर्किने निर्णय गरे ।

नेपाल फर्किएपछि बुटवलमा दाई भेषराज घिमिरे र मामा सँगै माछापुछ्रे कम्प्युटर पसलमा काम थाले । त्यही क्रममा पुनः क्याम्पसको अध्ययनलाई निरन्तरता दिने सोच बनाएर बुटवल बहुमुखी क्याम्पसमा बी.एड गणितमा भर्ना भए । एक सेकेन्ड-ह्यान्ड निलो साइकल किनेर तीन वर्षसम्म मिलनचोकदेखि गोलपार्कसम्मको यात्रा गरे ।

व्यवसायिक यात्रा र उतारचढाव

बुटवल र कपिलवस्तुमा व्यवसायिक भविष्य खोज्ने सोचसहित बाख्रापालन र कुखुरा पालन व्यवसायमा हात हाले । कपिलवस्तु बैरियामा परिवारका सदस्यहरू मिलेर लेयर्स कुखुरा फार्म सुरु गरे तर व्यवसाय सुरुवातमा राम्रो चले पनि ढुवानी खर्च, कामदारको तलब, दाना महँगो हुनु, अनि कोरोना महामारीको प्रभावले ठूलो घाटा व्यहोर्नु पर्यो । अन्ततः व्यवसाय बन्द गर्नुपर्ने बाध्यता आयो।

विवाह, परिवार, र पुनः गाउँ फर्कने निर्णय

२०७१ सालमा जीवनसाथी चयन गरेपछि पारिवारिक उत्तरदायित्व थपियो । पत्नी शिक्षण पेशामा संलग्न थिइन् र शिक्षासेवा आयोगको निम्न माध्यमिक तहको परीक्षा पास गरिन् । पारिवारिक जीवनमा पहिलो छोरी रश्मी अनि छोरा रिजनको आगमनले जीवनलाई नयाँ जिम्मेवारी दियो । बहिनीहरूको विवाह सम्पन्न भएपछि गाउँमै स्थायी रूपमा फर्कने सोच बनाए । र गाउमै कुखुरा पालन सुरू गरे ।

गाउँ फर्किंदा धेरैले प्रश्न गरे— “किन यति पढेलेखेको मान्छे उल्टो यात्रा गर्दैछ? कुखुरा पालेर उभो लाग्न सकिन्छ?” तर, कतिपयले नयाँ सोच भन्दै हौसला प्रदान पनि गरे।

कुखुरा पालनमा राम्रो फार्म सञ्चालन गरे पनि अन्ततः घाटाका कारण व्यवसाय छोड्नु पर्यो? । तर, बम्बईमा सिकेको आईटी ज्ञान र बुटवलमा गरेको संघर्षको बलमा पुनः गाउँमै केही गर्ने सोच बनाए। अहिले उनि दुर्गाफाँटमा रिजन विविध सेवा आइटि सोलुसन संचालन गरेर आइटि व्यवसायमा सकृय छन ।

तीन दशकभन्दा बढी संघर्षपूर्ण जीवनको यात्रामा अनेकौं आरोह-अवरोह पार गरेका गैरेले गरिबी, अभाव, संघर्ष, र परिश्रमकै कारण जीवनको मूल्य बुझेका छन । आज सामाजिक सेवा र व्यवसायिक साथै किसानहरूको हौसलाको लागि कृषि पेसामा समेत राम्रो लगाव र सफलतासँगै अगाडि बढ्दैछन । कसैको दुःख देख्न नसक्ने र जीवन कहिल्यै सजिलो हुँदैन, तर अडिग आत्मविश्वास र निरन्तर मेहनतले असम्भव केही छैन भन्ने प्रमाणित गरेका उनि साच्चै देश कै सम्भावना हुन ।

भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

चर्चित देश नछोडेका फेस

बाशुदेव श्रेष्ठ

चालक

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

देश नछोडेका फेस

अर्जुन पोख्रेल

व्यवसायी

राधाकृष्ण गौतम

निर्माण व्यवसाय/कृषक

केशव बन्जाडे

स्वास्थ्यकर्मी

सौर्य नारायण न्यौपाने

कृषक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

बाशुदेव श्रेष्ठ

चालक