back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

कृषि सँगसँगै निर्माण व्यवसाय

कृषिकर्ममा कहिलेकाहीं असफलताका तिता अनुभवहरू पनि भए, तर उनले गाउँ छाड्ने सोच कहिल्यै राखेनन्। विदेशको मोह नलाग्नु उनको विशेषता हो।

पाणिनी गाउँपालिका–२, पोखराथोकका राधाकृष्ण गौतम मेहनती किसान र सफल उद्यमी हुन्। २०५३ साल असोज १९ गते जन्मिएका उनी लीलामणि गौतम र शान्तिदेवी गौतमका कान्छा सन्तान हुन्। उनका बुबा भारतीय सेनाका पूर्वसैनिक (लाहुरे) थिए। बाल्यकाल आर्थिक अभावबिनै बित्यो, अभिभावकले कुनै कमी हुन दिएनन्।

गाउँकै हरिहर माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका गौतमले रामनगर माविबाट २०७० सालमा एसएलसी उत्तीर्ण गरे। उनी बाल्यकालदेखि नै अरूको लागि काम गर्नेभन्दा आफ्नै केही गर्छु भन्ने सोच राख्थे। तर २०६९ सालमा बुबाको निधनले उनको जीवनमा ठूलो धक्का पुग्यो।

२०७१ सालमा काठमाडौं गइ उनले हाउजिङको काम थाले। तर केही समयपछि बुटवल फर्किएर २०७३ सालदेखि गाडी खरिद(बिक्री व्यवसायमा लागे। २०७४ सालको निर्वाचनपछि भने गाउँमै फर्कने निर्णय गरे। गाउँमै बसेर आलु, टमाटर, सुन्तला खेती सुरु गरे, साथै कन्स्ट्रक्सन व्यवसाय पनि सञ्चालन गर्न थाले।

गौतमको बारीमा हाल ३०० बोट सुन्तला छन्। यस वर्ष मात्रै उनले दुई लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। कृषिकर्ममा कहिलेकाहीं असफलताका तिता अनुभवहरू पनि भए, तर उनले गाउँ छाड्ने सोच कहिल्यै राखेनन्। विदेशको मोह नलाग्नु उनको विशेषता हो। उनी भन्छन्, “गाउँ खाली हुँदै गएको देख्दा मन दुख्छ। सबै यहीँ बस्न सम्भव नहुन सक्छ, तर विदेशमा गएर मात्र सबै सम्भव हुन्छ भन्ने पनि होइन।”

उनले कृषि र निर्माण व्यवसायलाई सँगसँगै अगाडि बढाइरहेका छन्। अहिले उनको स्वामित्वमा दुईवटा व्ऋद्य, एउटा ट्रक र एउटा ट्र्याक्टर छन्। उनले निर्माण क्षेत्रमा ठेक्काको काम समेत गरिरहेका छन्।

२०७६ सालमा कपिलवस्तुकी सम्झना ढकालसँग विवाह गरेका गौतम अहिले श्रीमती, दुई सन्तान र आमासँगै बस्छन्। लगातारको मेहनतले उनलाई गाउँमा नै सफल किसान र उदाहरणीय उद्यमी बनाएको छ।

गौतम जस्ता युवाहरू विदेश जानेभन्दा आफ्नै देशमा संघर्ष गरेर केही गर्न सक्छन् भन्ने प्रमाण हुन्। मेहनत गर्ने हो भने आफ्नै ठाउँमा पनि अवसरहरू प्रसस्त छन् भन्ने सन्देश उनले दिएका छन्। उनी देश नछोडेका ‘फेस’ हुन्, जो गाउँमै बसेर सफलताको कथा लेखिरहेका छन्।

spot_img

चर्चित अनुहारहरु

बाशुदेव श्रेष्ठ

चालक

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

अर्जुन पोख्रेल

व्यवसायी

राधाकृष्ण गौतम

निर्माण व्यवसाय/कृषक

केशव बन्जाडे

स्वास्थ्यकर्मी

सौर्य नारायण न्यौपाने

कृषक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

बाशुदेव श्रेष्ठ

चालक