back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

व्यवसायप्रतिको हुटहुटि

उनले कहिल्यै विदेश जाने रहर गरेनन्, बरु आफ्नै देशमै केही गरेर उदाहरणीय बन्ने चाहना राखे। संघर्ष, परिश्रम, र अठोटका कारण उनी सफल उद्यमी बन्न सफल भए।

कतिपय मानिसहरू अवसरको खोजीमा देश छोड्छन्, तर केही यस्ता उदाहरणीय व्यक्तित्वहरू छन्, जसले आफ्नै देशमा संघर्ष गर्दै सफलता हासिल गर्छन्। अर्जुन पोखरेल त्यही उदाहरणको एक पात्र हुन्, जसले असहज परिस्थितिहरूको सामना गर्दै आफ्नो कर्मभूमिलाई नेपालमै बनाए।

पाणिनी गाउँपालिका–१, पणेना, अर्घाखाँचीमा २०४१ सालमा जन्मिएका अर्जुन पोखरेल बाल्यकालदेखि नै व्यवसायप्रति रुचि राख्थे। सामान्य परिवारमा जन्मिए पनि उनी पढाइमा अब्बल थिए। नेपाल राष्ट्रिय माविबाट एसएलसी पास गरेपछि उनले भारतको हरियाणाबाट इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा पूरा गरे। तर, उच्च शिक्षामा यात्रा रोकिए पनि उनको संघर्ष भने निरन्तर जारी रह्यो।

२०६० सालमा काठमाडौं आएपछि पोखरेलले होटलमा वेटरको रूपमा काम गरे। २०६२ सालमा ५० हजार रुपैयाँ ऋण लिएर इलेक्ट्रोनिक्स पसल सुरु गरे। व्यवसाय विस्तार गर्दै उनले नेपाल टेलिकमको पिसिओ सेवा, सिडी/भिसिडी पसल, इन्टरनेट कल सेवा, साइबर सञ्चालन गरे। लगनशीलता र मेहनतकै कारण उनले व्यवसायीको रूपमा आफ्नो पहिचान बनाउन थाले।

२०६९ सालमा पोखरेलले ‘सुपर लुम्बिनी टुर एण्ड ट्राभल’ खोले। सफलताको बाटो समाउँदै २०७० सालमा उनले काठमाडौंको बागबजारमा ‘सुपर लुम्बिनी रेस्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याए। व्यवसाय राम्रो चल्दै गर्दा २०७२ सालको विनाशकारी भूकम्पले होटललाई असर पुर्यायो। त्यसपछि उनले होटल बिक्री गरेर ‘सुपर लुम्बिनी तन्दुरी भोजनालय’ सुरु गरे।

२०७५ सालमा दुर्गाफाट काठमाडौं हाइस सेवा सञ्चालन गरे। तर, कोभिड–१९ को महामारीले यस व्यवसायमा घाटा बेहोर्नुपर्‍यो। गाउमै सुविधा दिनुपर्ने सोच राख्दै उनले ‘पणेना–बुटवल डबल क्याप’ सेवा सञ्चालन गरे।

गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले पोखरेलले दुर्गाफाटमा ‘सगुन एग्रो रिसोर्ट’ सञ्चालन गरे। तर, २०८० साल जेष्ठ महिनामा उनको डबल क्याप दुर्घटनामा पर्‍यो। ठूलो क्षतिको सामना गरे पनि उनले हिम्मत हारेनन्। २०८० भदौ २५ गते ‘सगुन एग्रो रिसोर्ट’ शुभारम्भ गरे।

तर, उनलाई अर्को ठूलो चुनौती २०८० पुस १२ गते आइपर्‍यो। सन्धिखर्क जाने क्रममा उनको गाडी दुर्घटनामा पर्‍यो। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट काठमाडौं लगियो। चार महिनाको उपचारपछि उनी बिस्तारै निको हुँदै पुन: व्यवसायमा फर्किए।

व्यवसायसँगै पोखरेल राजनीति र सहकारी क्षेत्रमा पनि सक्रिय छन्। उनले कहिल्यै विदेश जाने रहर गरेनन्, बरु आफ्नै देशमै केही गरेर उदाहरणीय बन्ने चाहना राखे। संघर्ष, परिश्रम, र अठोटका कारण उनी सफल उद्यमी बन्न सफल भए।

अर्जुन पोखरेल जस्ता पात्रहरू युवाहरूका लागि प्रेरणाको स्रोत हुन्। उनी जस्ता अठोट भएका व्यक्तिहरूले प्रमाणित गर्छन् कि सफलता विदेश गएर मात्र सम्भव हुँदैन, आफ्नो देशमै परिश्रम, लगनशीलता, र प्रतिबद्धताले सफलता हासिल गर्न सकिन्छ।

spot_img

चर्चित अनुहारहरु

बाशुदेव श्रेष्ठ

चालक

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

अर्जुन पोख्रेल

व्यवसायी

राधाकृष्ण गौतम

निर्माण व्यवसाय/कृषक

केशव बन्जाडे

स्वास्थ्यकर्मी

सौर्य नारायण न्यौपाने

कृषक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

बाशुदेव श्रेष्ठ

चालक