कलाकर्मीहरुलाई गुटगत रुपमा हेर्न नहुने

रुपन्देही । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ ।

भेलामा सहभागि लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो राखेका थिए । कार्यक्रममा सांस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले सांस्कृतिक कर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताए । उनले  कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाएको बताए । सांस्कृतिक कर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन भन्ने भावना नेपाली काँग्रेसले बुझन जरुरी रहेको उनको भनाइ थियो ।

सोही अवसरमा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवसंकर रिजाल (जोगिन्दर)ले नेपाली काँग्रेसलाई कसरी वलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासंघ लागि परेको बताउदै पार्टीलाई सबल र सक्षम वनाउनका लागि समयसमयमा कार्यक्रम समेत गर्ने गरेको बताए । सांस्कृतिक महासंघको महत्वलाई पार्टीले सदुपयोग गर्न र यस पेशामा आवद्ध कलाकर्मीको संरक्षणका लागि टेवापुग्ने गरि प्राथमिकता दिन माग गरे ।

कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका सभापति डिल्लीनारायण पाण्डेले नेपाली काँग्रेस भित्र देखिएको गुटउपगुट सांस्कृतिक संघमा नदेखिएपनि त्यसको प्रभाव भने रहेको स्वीकार गरे । उनले सांस्कृतिक संघलाई नेपाली काँग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको भन्दै सांस्कृतिक संघको जुन महत्व छ सोही अनुसार पार्टीले स्थान नदिदा कलाकर्मीहरुको सम्मानमा कमी भएको औल्याए ।

नेपाल सांस्कृतिक महासंघलाई स्थानिय तहसम्म पुराउन र हरेक स्थानिय तहमा समिति गठन गरि जिल्ला र प्रदेश समिति चयन गरि आगामी मंसिर सम्ममा केन्द्रिय समितिको अधिबेशन गर्ने गरि महासंघले अभियान शुरु गरिको छ । सोही अभियान अन्तर्गत लुम्बिनी प्रदेशको भेला भएको हो । भेलामा खिमानन्द भटृराई, प्रचण्ड जिसी, बाबुराम घिमिरे लगायतले महासंघलाई सशक्त बनाउने गरि कार्यक्रम ल्याउन जरुरी रहेको बताए थिए ।

कार्यक्रम रुपन्देहिका अध्यक्ष राधेश्यामराज भण्डारीको स्वागत तथा केन्द्रिय सदस्य दिपु मगरको सञ्चालमा भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?