एनएमबि बैंकका ग्राहकलाइ आरोग्य अस्पतालमा १० प्रतिशत सम्म छुट

बुटवल  । एनएमबि बैंक लिमिटेड र   रुपन्देहीको सिद्धार्थनगर अञ्चलापुर स्थित आरोग्य अस्पताल प्रालि बीच एक सम्झौता भएको छ। सम्झौताअनुसार  एनएमबि बैंकका ग्राहकले अस्पतालबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद  पराजुली  र  आरोग्य अस्पताल प्रालिका प्रबन्ध निर्देशक बामदेव घिमिरेले हस्ताक्षर गरेका छन् ।

बैंकको तर्फबाट ठुटिपिपल शाखा प्रबन्धक नवल किशोर आचार्य  र  अस्पतालको  तर्फबाट प्रबन्ध निर्देशक बामदेव घिमिरेले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए ।

यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले  एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक ठुटिपिपल शाखा प्रबन्धक नवल किशोर आचार्यले विस्वास व्यक्त गरे ।

छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने एनएमबि बैंक ठुटिपिपल शाखाका कर्मचारी चिरञ्जीवी पौडेलले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?