पत्रकार महासंघ र पर्यटन प्रबर्द्धन

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाको पर्यटन प्रबर्द्धन तथा आर्थिक विकासमा टेवा पुराउने उद्देश्यले अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० अभियानको रुपमा सुरु गरेको छ ।

उक्त अभियानको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १ गते शुभारम्भ समेत गरेका छन् । दाहालले पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाका बिभिन्न पर्यटकीय स्थलहरू समेटी तयार पारेको डकुमेन्ट्रीको प्रसारण गरी शुभारम्भ गरेका हुन् । यस सँगै जिल्लामा अभियानको बारेमा धेरै चर्चा हुन थालेको छ ।

पत्रकार महासङ्घले यो कार्यक्रम गर्दा धेरैले सकारात्मक रुपमा चर्चा गरेका छन भने केहीले फरक मत राखेको देख्न सकिन्छ । यति मात्र होइन आर्थिक स्रोत व्यवस्थापनको पक्षलाई लिएर समेत बजारमा माहोल तातेको देखिन्छ । आर्थिक स्रोत व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग अनुरोध गरेको र तीनै तहका सरकारले सहयोगको आश्वासन दिएको उक्त कार्यक्रमका प्रवक्ता हृदय कुमार भुसाल बताउँछन् । महासङ्घले भए गरेका गतिविधिमा हुने आयव्ययको विवरण सार्वजनिक गर्ने पनि भनेको छ । गर्नुपनि पर्छ ।

यस कार्यक्रमबाट तुरुन्तै आजको भोलि नै त्यति फरक नपर्ला तर दीर्घकालमा यसले जिल्लाको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा अवश्य टेवा पुग्ने नै छ । अर्थतन्त्र चलायमान यत्तिकै हुँदैन कोही न कोही त लाग्नै पर्ने हुन्छ, अहिले पत्रकार महासंघ लागेको छ । यो अभियान आफैमा एक सफल अभियान हो यद्यपि महासङ्घले जुन योजना बनाएको छ सो अनुरूप काम गर्न सके माहोल भिन्न बन्ने निश्चित छ । जिल्ला भित्रने प्रवेशद्वार देखी सदरमुकाम र अन्य मुख्य स्थानहरूमा होडिङ्ग बोर्ड, फ्ल्याक्स बोर्ड, र केही मुख्य ठाउँमा डिजिटल बोर्ड राख्ने, जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रर्दशनी कार्यक्रम गर्ने, देशका मुख्य १० शहरमा जिल्लाका कम्तीमा १२ जनाको टोली गई प्रचार सामाग्री सहित अन्तरकृया र छलफल र स्वागत अर्घाखाँची कार्यक्रम सञ्चालन गर्ने, लुम्बिनी र सुपा देउराली मन्दिरमा सूचना डेक्स तयार गर्ने लगायतका योजनाको कार्यान्वयन गर्न जरुरी छ । महासङ्घले www.welcometoarghakhanchi.com नामक वेबसाइट निर्माण गरेको छ । त्यसमा जिल्लाको समग्र जानकारी भेट्न सकिन्छ । यि र यस्ता काम गर्दै जाँदा प्रभावकारिता पनि देखिँदै जान्छ ।

यसो त अर्घाखाँची आफैमा एक पावन भूमि हो । यहाँ विश्व भाषाको उद्गम स्थलदेखि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक किसिमले महत्वपूर्ण स्थल यहाँ छन् । यिनको प्रचारप्रसार गर्न मात्र सके पनि जिल्लाको विकासमा कोशेढुङ्गा साबित हुने छ । तसर्थ यि सम्पदाको प्रचारप्रसार गर्ने गरी महासंघ अर्घाखाँचीले चालेको अभियान सफल बनाउन हरसम्भव कोसिस गरौँ, आफ्नो स्थानबाट लागौँ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?