अर्घाखाँची । आउदो मंसिर ४ गते हुन लागेको चुनावको लागि अर्घाखाँचीको प्रदेश सभा “ख” मा कांग्रेसको तर्फबाट उम्मेदवारीमा कमलप्रसाद भुसालको नामको चर्चा चलेको छ ।
सन्धिखर्क नगरपालिकाका निवर्तमान प्रमुख समेत रहेका भुसाललाई उम्मेदवार बन्न कार्यकर्ताले दबाब सृर्जना समेत गरेका छन ।
हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका भुसाल नेपाल तरुणदलका पुर्व केन्द्रीय उपाध्यक्ष, पुर्व कांग्रेसका जिल्ला सभापति बनेर समेत काम गरीसकेका भुसाल स्वच्छ छवि भएका प्रभावशाली नेताकाे रुपमा चिनिन्छन् । टिकट पाएको खण्डमा आफुले चुनाव जित्ने समेत भुसालको भनाइ छ ।
अर्घाखाँचीमा संघको एउटा क्षेत्र छ भने प्रदेशका दुइ वटा क्षेत्र रहेका छन ।













