कर्मचारी युनिनयले फलफुल र खाद्यन्न सामाग्री वितरण गरेर मनायो स्थापना दिवस

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । हरेक वर्ष भाद्र १९ गतेलाई युनियनले आफ्नो स्थापना दिवसको रुपमा मनाउने गर्दछ ।

जिल्लामा क्रियाशिल ट्रेड युनियन मध्ये अर्घाखाँची जिल्लामा वर्चश्वमा रही विगतको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी युनियन पहिलो नम्बर हुन सफल भएको थियो । दिवसमा मात्रै नभएर अन्य समयमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका साथै विभिन्न रचनात्मक र सकरात्मक क्रियाकलापमा अग्रसर युनियनले स्थापना दिवसमा अर्घाखाँची अस्पतालमा उपचारत विरामीहरुको लागि सिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरेको छ ।   

अस्पतालमा उपचारत करिब ३५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका अर्घाखाँचीका पार्टी सभापति केशव श्रेष्ठ, छत्रदेव गाँउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, अस्पतालका प्रमुख डा। जगन्नाथ तिवारी, ने।का। जिल्ला सचिव कृष्ण खनाल, महाधिवेशन प्रतिनिधी लेखनाथ पोखरेल, जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र के।सी।, पत्रकार महासंघ अर्घाखाँचीको जिल्ला सदस्य अम्बिका श्रेष्ठ बेल्वासे, स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष गणेश पौडेल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्मा, युनियनका महाधिवेशन प्रतिनिधी रुकेन्द्र पालुङ्गे, योगेश पन्थी, रवी अर्याल तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्ने प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य वक्ताहरुले युनियनले जिल्लामा सेवा प्रवाहको साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा युनियनले गरेका उल्लेख्यनीय कार्यको प्रंसशा गर्दै सहयोगको लागि हरदम तयार रहेको बताउदै मुक्तकण्ठले प्रसंशा गरेका थिए । भविष्यमा पनि यी र यस्ताखाले कार्यक्रमको अपेक्षा रहेको बताएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन, अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्माले निजामती कर्मचारीहरू सेवा प्रवाहाको अतपरिक्त आवश्यक परेको खण्डमा भोलिन्टियरकोरूपमा कार्यालय समय अघि वा पछी काम गर्न समेत तयार रहेको र सो कुरा जानाकारी गराउन अस्पताल प्रमुखसमक्ष अनुरोध समेत गर्नु भएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथि केशव श्रेष्ठले युनियनले सेवा प्रवाहमा कुनै भेदभाव नगर्न र यी र यस्ताखाले सकरात्मक र रचनात्मक क्रियकलाप गर्न आग्रह गर्दै सहयोग गर्न हरदम तयार रहेको बताउनु भएको थियो । कार्यक्रमका अध्यक्षले उपस्थिति सबैलाई आफ्नो महत्वपूर्ण समय प्रदान गर्नु भएकोमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम नेपाली काँग्रेस अर्घाखाँचीका पार्टी सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यता, अस्पताल प्रमुख डा। जगन्नाथ तिवारी लगायतको विशेष आतिथ्यता ,युनियनका सह(सचिव रमेश न्यौपानेको संचालन र जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रम पश्चात बिहान १० बजे तिर सोही अवसरमा सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि खाद्यन्न सामाग्री वितरण गरेको थियो ।                                   

साथै स्थापना दिवसको अवसर पारेर १८ गतेका दिन अर्घाखाँची जिल्लामा भित्रिने नाका शितगंगाको पत्थरकोटमा सुचनामूलक स्वागत बोर्ड र अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिरमा सचेतनामूलक होर्डिङ्ग बोर्डको स्थापना गरेको थियो ।


नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विगतमा जिल्लाको शान्ती बगैचामा ट्राफिक सचेतनासहितको होर्डिङ्ग वोर्ड, कार्यालय भित्रिने चोकमा हरेक कार्यालयको अवस्थिति रहेको जानाकारीमूलक बोर्ड राख्नुका साथै केही समय अघि अर्घाखाँची जिल्लाको पर्यटकीय स्थल नरपानीमा शनिबारको दिन पारेर बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कृष्ण वर्मा
लेखकको बारेमा

कृष्ण वर्मा

बर्मा समाचारपाेष्ट डटकमका कानुनि सल्लाहकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?