चुनावी नतिजाको सन्देश

सामान्यतया विश्वमा दुई पार्टीहरु बीचमा तीब्र प्रतिस्पर्धा देखिन्छ कम्युनिस्ट र प्रजातान्त्रिक धार बीचमा अहिले नेपालमा धेरै विकल्पहरुमा नागरिकले मत प्रकट गरेको देखिन्छ । यो हुनुको कारण नाम फरक राख्ने पार्टी संचालन पद्धति र कार्यशैली एउटै हुनु हो । जब अर्को भन्दा म यो कुरामा फरक छु भनेर छुटाउन सक्दैनन् त्यसमा समानता देख्दा मतदाता अल्मल पर्नु स्वभाविक हो ।

नाम मात्रैका कम्युनिस्टको के कुरा गर्नु एमाले र काङ्ग्रेस बीचमा पनि फरक छुटाउन सकिदैन । आज कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीतिमा यिनीहरु बीचमा केहि फरक देखिदैन । सत्तामा जादा यी दुबै दलले एउटै व्यबहार र कार्यशैली अपनाएको देखिन्छ । माफिया पोस्ने बिदेशी शक्ति राष्ट्र अगाडि लम्पसार र मलाई प्रधानमन्त्री बनाउनुस भनेर भिक्षा मागेको खुल्ला छ । केपी ओली सरकारमा हुँदा सम्पत्ति सुदृढीकरण आयोग प्रधानमन्त्री अन्तर्गत राखे भनेर कुर्लिने काङ्ग्रेस आफू सत्तामा आएको यति हुँदा त्यसलाई अझै हटाउन सकेको छैन बरु अदालतबाट बनेको सरकारमा मन्त्री अदालतलाई छुटाएर इतिहासमा स्वतन्त्र संस्थाहरु माथीको नाङ्गो नाच देख्न पाइयो अझ प्रजातान्त्रिक भन्ने काङ्ग्रेस नेतृत्वमा ।

त्यसैले यो चुनावमा खतराको घण्टी बज्यो ठुलो ठान्ने दल र नेता भन्नेहरुलाई सजाय दियो तर पुरै बिदा गरेन ,विकल्प आउन सकेन झन धेरै पार्टीहरुमा प्रतिस्पर्धा हुँदा सरकार बनाउन हम्मेहम्मे परेको छ अस्थिरताको पनि उत्तिकै सम्भावना देखिन्छ । चुनाव नतिजा अन्तिम हुनै लाग्दा ०७४ को निर्वाचनमा समानुपातिक मत पहिलो भएको एमाले यो पटक पनि पहिलो त भयो निकै खुम्चेर ३३.२४ प्रतिशत रहेकोमा अहिले २६.७५ भएर ६.४९ प्रतिशत घट्यो, काङ्ग्रेस ३२.७७ रहेको अहिले २५.४९ भयो ७.२८ घटेर, १३.६५ रहेको माओवादी अहिले ११.१७ भयो २.४८ घटेर । यिनी पार्टीहरुमा अहिले आशाको भोट परेको देखिदैन । किनकि ८-१०लाख त यीनीका पार्टी सदस्य छन् । प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सरकारी कर्मचारी त युनियन नै खाेलेर राजनीति गरेका छन्, बाटो, वन, खानेपानी, आमा समुह अध्यक्षसम्म एमाले काङ्ग्रेसका मान्छे छन् । अघिल्लो पटक एमाले मन नपरे काङ्ग्रेस,काङ्ग्रेस मन नपरे एमाले, बाध्यतामा भोट हाल्ने नागरिक थिए यो पटक त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, मधेसमा जनमत र नागरिक उन्मुक्ति पार्टीले त्यसलाई मतमा बदलेका छन् ।

बैकल्पिक राजनीतिकको चर्चा पनि नेपालमा धेरै हुने गर्छ । उज्ज्वल थापा, बाबुराम भट्टराई, रबिन्द्र मिश्रले कोसिस गरेका हुन् । बाबुराम र रबिन्द्र मिश्र थाकेर पुरानै बाटो फर्किएको देखिन्छ ।तर उज्ज्वल थापाले शुरु गरेको राजनीतिबाट प्रभावित हुने बालेन शाह आज काठमाडौंको मेयर भए उनले राखेका सल्लाहकार पनि उज्ज्वल टिमका बढी देखिन्छ ।पत्रकारिताबाट अत्यन्तै लोकप्रिय भएका रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गठन भएको छोटो समयमा जनमतमा उल्लेखनीय सफलता प्राप्त गरेको छ ।तर आफ्नो पेशामा राम्रो गरेका धेरै मान्छेहरु भएपनि राजनीतिमा निकै बुझाइ कम भएका पनि उत्तिकै सहभागी छन् ।चुनाव जित्दा पनि पार्टीको भन्दा आफ्नो नाम लिएको बढी देखिन्छ ।

फरक फरक पृष्ठभुमिबाट आएका पार्टी बन्नु भन्दा पहिले जनमत बढी आउँदा त्यसको भारी कसरी बोक्न सक्छन् एमाले, काङ्ग्रेस, माओवादीलाई हेर्ने दृस्ठिकोण के हो ? नागरिकले प्रश्न गर्न लागेका छन् । एमसिसी ,नागरिकता लगायत विषयमा पार्टी धारण के हो ? हामी संविधान वाद मान्छौँ भन्ने प्रदेश संरचना बारेमा धारण के हो ? नागरिकता र प्रदेशमा नागरिक मत बढी कता छ भनेर चौका हेरे सधैं हुँदैन । फरक पृष्ठभुमिबाट आएका एउटा स्पष्ट विचार सबैलाई एकै ठाँउ राख्ने सामान्य कुरा होइन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर जति आएको छ त्योभन्दा ठुलो चुनौती अब अगाडि आएको छ ।

राप्रपामा राजा चाहाने जनमत त्यति बढी देखिदैन समानुपातिकमा । केवल ब्यक्ति हेरेर मत दिएको देखिन्छ राजेन्द्र लिङ्देन, बिक्रम पाण्डे, दिपक बोहरा, धबलासिंह, ज्ञानेन्द्र शाही, रबिन्द्र मिश्र जति मत आयो त्यो उनीहरूलाई हेरेर हो ।यो निर्वाचनमा राप्रपाको प्रगति भएको हो तर राजावादी मत उल्लेखनीय आएको होइन ।

यो निर्वाचनले स्पष्ट दिएको सन्देश के हो भने मुख्य राजनीतिमा रहेका कुनै पार्टीको अस्तित्व पुरै समाप्त पारेन एमाले ,काङ्ग्रेस, माओवादी त्यसको विकल्पमा घण्टीको उदय हुने संकेत दियो जसपा, लोसपाको विकल्पको रूपमा जनमत र नागरिक उन्मुक्ति पार्टीको उदय भयो । त्यसैले यो निर्वाचनले न पुरानो शक्तिहरुलाई सजिलो नतिजा निकाल्न दियो न नयाँ भन्नेलाई स्पष्ट बहुमत दिएर सत्तामा पुराउन सक्याे, केवल पुरानोलाई सुध्रिने कि सक्किने ? नयाँलाई परिक्षण हुन केहि जित मात्रै दिएको छ उनीहरू सत्ता र उहीँ पुरानो राजनीतिमा रमाउन्छ कि नयाँ गर्छन् भनेर निर्वाचनले नतिजा दिनुपर्ने तर परिक्षण गर्ने मत मात्रै दियो । कसैलाई बिश्वास गरेनन् मतदाता केवल मौका मात्रै दिए । त्यसैले समग्र सन्देश अझै बढी मिहिनेत गर्न सबै पार्टीलाई सन्देश दिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिमल चाैहान
लेखकको बारेमा

बिमल चाैहान

चाैहानको समसामयिक विषयमा स्वतन्त्र खरो विश्लेषकको पहिचान छ ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?