मुक्तिनाथ विकास बैंकका ग्राहकले उपचारमा छुट पाउने

मुक्तिनाथ विकास बैंक सन्धिखर्क शाखाले अर्घाखाँची स्थित छाँया हस्पिटल प्रालि र ओल्ड एभरेस्ट बीच गरेको आपसी सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले  हस्पिटल र होटेलको सेवामा छुट पाउने भएका छन्।
छाँया हस्पिटल प्रालिमा उपचारका लागि जाने यस बैंकका ग्राहकले औषधि खरिद बाहेकका हस्पिटलका सम्पूर्ण सेवामा दश प्रतिशतले छुट पाउनेछन्।  त्यस्तै होटेलमा जाने ग्राहकले पेय पदार्थमा बाहेक खाना तथा आवास लगायतका सम्पूर्ण सेवामा दश प्रतिशत छुट प्राप्त गर्नेछन्।  मुक्तिनाथ विकास बैंकका सम्पूर्ण खातावालाले उक्त छुट प्राप्त गर्ने मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक सतिश चन्द्र मरासिनीले बताए।

ग्राहकले तोकिए  बमोजिमको छुट प्राप्त गर्न बस्तु तथा सेवा बापतको बिल / भुक्तानी बुझाउनुपूर्व आफु मुक्तिनाथ विकास बैंकको ग्राहक रहेको प्रमाण सहित बताउनुपर्नेछ।  ग्रहाक पहिचान गर्ने प्रमाणका रुपमा खाता खोलेको प्रमाणपत्र, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, एटिएम कार्ड, चेकबुक लगायतका खाता खोलेको प्रमाणित गर्ने बैंकले ग्राहकलाई  जारि गरेका अन्य उपकरण समेत प्रश्तुत गर्न सकिनेछ।
ग्राहकको हित र सन्तुष्टिका एवं सम्झौताका पक्षहरुसंगको आपसि  व्यवसायिक हित तथा दिगो व्यवसायिक सम्बन्ध स्थापना गरि पारस्पारिक लाभ प्रदान गर्न यी सम्झौता गरिएको मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक मरासिनीले बताए । बैंकले यी बाहेकका अन्य क्षेत्रहरु अन्वेषण गरि आगामी दिनहरुमा ग्राहकलाई उच्चतम लाभ प्रदान गर्न बैंक प्रतिबद्व रहेको समेत मरासिनीकाे भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?