बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगर अञ्चलापुर स्थित आरोग्य अस्पताल प्रालि बीच एक सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले अस्पतालबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउनेछन् ।
सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र आरोग्य अस्पताल प्रालिका प्रबन्ध निर्देशक बामदेव घिमिरेले हस्ताक्षर गरेका छन् ।
बैंकको तर्फबाट ठुटिपिपल शाखा प्रबन्धक नवल किशोर आचार्य र अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक बामदेव घिमिरेले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए ।
यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक ठुटिपिपल शाखा प्रबन्धक नवल किशोर आचार्यले विस्वास व्यक्त गरे ।
छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने एनएमबि बैंक ठुटिपिपल शाखाका कर्मचारी चिरञ्जीवी पौडेलले बताए ।













