विश्वकप क्रिकेटमा आज अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्ने

काठमाडौं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे अहमदाबादमा सुरु हुनेछ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ।

आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन। कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ। हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ।

एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र अफगानिस्तान एक पटकमात्र भिडेका छन् जसमा दक्षिण अफ्रिकाले ९ विकेटको जित निकालेको छ।  यस्तै भोलि सेमिफाइनलको अर्को प्रत्याशी टोली पाकिस्तानले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

उसले पनि सेमिफाइनल प्रवेशका लागि फराकिलो जित निकाल्नु पर्नेछ। यस्तै गएराति सकिएको खेलमा न्यूजिल्याण्डले श्रीलंकाविरुद्ध ५ विकेटको जित निकालेको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?