युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह गाभिने पक्षमा आएको रुसको दाबी

युक्रेनका चार वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रह गाभिने पक्षमा मत आएको रुसले दाबी गरेको छ ।

गाभिने वा युक्रेनमै रहने भनेर रुसले ५ दिन लगाएर चार वटा भू–भाग दक्षिण पूर्वी लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा जनमत सङ्ग्रह गरेको थियो । ती चार वटा क्षेत्र युक्रेनबाट अलग हुने हो भने युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग गुमाउनेछ ।

जापोरिजिया र लुहान्स्कमा ९३ प्रतिशत मत गाभिने पक्षमा खसेको रुसको दाबी छ । त्यस्तै खेअर्सनमा ८७ प्रतिशत र डोनेट्स्कमा ९२ प्रतिशत युक्रेनबाट अलग्गिने पक्षमा आएको रुसी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

युक्रेनले यो जनमत सङ्ग्रहलाई अवैध भन्दै कुनै अर्थ नभएको टिप्पणी गरेको छ । गएको शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो । युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?