आयोजक कतार बाहिरियो

एजेन्सी । कतार औपचारिक रूपमै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित भएको थियो । नेदरल्यान्ड्स र इक्वेडरबीचको अर्को खेल १–१ को बराबरीमा रोकिएपछि आयोजक कतार समूह चरणको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो ।

कतारले लगातार दोस्रो हार भोग्यो । पहिलो खेलमा टोलीलाई इक्वेडरले २–० ले पराजित गरेको थियो । विश्वकपको आयोजक राष्ट्र पहिलो चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरे पनि टोली दोस्रो चरणमा पुग्न सकेको थिएन । इक्वेडरसँग बराबरीमा रोकिएपछि नेदरल्यान्ड्सले कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने मौका गुमाएको थियो । नेदरल्यान्ड्सले यो खेल जितेको भए लगातार दोस्रो खेल जित्दै अन्तिम १६ मा पुग्ने थियो । कोडी गाक्पोले लगातार दोस्रो खेलमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुमै अग्रता लिएको थियो । तर दोस्रो हाफमा इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो । यस विश्वकपमा भ्यालेन्सियाको तेस्रो गोल हो ।

ब्राजिल विजयी

रिचार्लिसनको दुई गोलसँगै ब्राजिलले बिहीबार राति सर्बियामाथि २–० को जित निकालेको थियो । उनले ७३ औं मिनेटमा गरेको दोस्रो गोल यो विश्वकपकै एक उत्कृष्ट गोल हो । भिनिसियस जुनियरको पास नियन्त्रण गर्दै उनले ‘बाइसाइकल किक’ बाट आकर्षक गोलमा गरेर ब्राजिलको जित सुनिश्चित गरेका थिए । ब्राजिलले गोलको खाता खोल्न भने ६२ औं मिनेट कुर्नुपर्‍यो । जुनियरको प्रहार गोलकिपर भान्जा मिलिनकोचि–साभिचले रोकेको बललाई नजिकै पुगेका रिचार्लिसनले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलमा युवा स्टार नेयमर घाइते भएका थिए । उनले अर्को खेल गुमाउने सम्भावना बढेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?