प्रिमियर लिग : शीर्षस्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्।

घरेलु मैदानमा भएको खेलको ६६औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

ब्रेन्टफोर्ड ३४ अङ्क जोडेर आठौँ स्थानमा छ । गएराति नै भएको अर्को खेलमा चेल्सी पनि बराबरीमा रोकिएको छ । चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो ।

यस्तै ब्राइटन र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेले ।

न्युक्यासल र बर्नमाउथले पनि १–१ गोलको बराबरी खेले । अर्को खेलमा लेस्टर सिटीले टोटेनह्यामलाई ४–१ गोलले हराएको छ । फुलह्यामले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

 

अन्तिम अपडेट: माघ २९, २०७९

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?