प्रियंका भुजेल मृत्यु प्रकरण : दुई जना सार्वजनिक

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका –१७ रानीगंज घर भएकी १४ वर्षीया  किशोरी  प्रियंका भुजेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १४ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गर्ने स्थानीयवासी १९ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिश दाहाललाई प्रहरीले सार्वजनिक गरेको हो । 

दाहाल र साहले गएकाे साउन ३१ गते राति कालिञ्जोर खोलामा किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । 

साउन ३१ गते राति साढे ११ बजेदेखि घरबाटै हराएकी प्रियंका भुजेलको शव भदौ १ गते राति लालबन्दी ६ कालिञ्जाेर खोलाको बगरमा गाडेर राखेको अवस्थामा फेला परेको थियो । किशोरीका बाबु राजेश भुजेलले साउन ३२ गते छोरीको खोजी गरिदिन इलाका प्रहरी कार्यालय लालबन्दी उजुरी दिनुभएको थियो । 

घटनाबारे उजुरी दिएको दुई दिनपछि प्रहरीले घटना संलग्न भएको आशङ्कामा गाउँका दुई युवालाई पक्राउ गरी बयान लिएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?