नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरको कनेक्सन ललिता निवासमा पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरको ललिता निवास प्रकरणमा पनि कनेक्सन देखिएको छ।

ललिता निवास जग्गा प्रकरणमा उनको शंकास्पद भूमिका देखिएपछि आइतबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलाधरविरूद्ध काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटी माग थियो।

आइतबार अदालतले उनीसँग १५ लाख धरौटी माग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उनले धरौटी पनि बुझाइसकेका छन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटे। तर उनी अब सिआइबीमा जान्छन्,’ एसपी रिजालले भने।ललिता निवास प्रकरणमा पनि उनको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो पठाउन लागिएको हो।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार ललिता निवास प्रकरणमा तुलाधरले बिचौलियाको भूमिका खेलेका थिए । उनको नाममा ललिता निवासको दुई रोपनी जग्गा देखिएको एसएसपी आचार्यले बताए।

काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २८ गते पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरूद्ध पनि मुद्दा दायर भएपनि फरार रहँदै आएका थिए। – सेताेपाटी

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?