विदेश पलायन रोक्न नि:शुल्क शिक्षा र स्वास्थ्य

आजभोलि सामाजिक संजालमा शुभ यात्रा भन्दै माला र खादा लगाएका रुदै गरेका तस्वीरहरुले कब्जा गरेको छ । अर्कोतिर बिदेश पठाउन्छु भनेर देश भित्रै ठगेको, बाहिर पनि अलपत्र र मृत्यु भएका खबर मात्रै आउन्छन् । देश भित्र व्यावसाय बन्द, गाउँघरमा बृद्ध मात्रै, जमिन बाँझो हुँदै गएको, जंगली जनावर घरमै आएर बालीनाली खाएर आक्रमणसम्म गरेको समाचार आउछन् ।

आजको विश्व नवीन विज्ञान र प्रविधिसंग लड्दा हामी हाम्रा सामान्य आधारभूत आवश्यकतासँग लड्दैछौँ । हामी भन्दा धेरै पछि मात्रै अस्तित्वमा आएका देशहरु चरम बिकासको श्रेणीमा हुँदा तिनीहरु भन्दा प्रकृति र सभ्यताले अगाडि रहेका हामी बहुआयामिक सम्भावना हुँदा पनि पछाडि छौँ । टापु, समुद्र, तेल, कृषि एउटा मात्रै हुँदा पनि देश विकसित भएका छन् तर हामीसँग बिश्वको शिखर सगरमाथा र तिलिचोताल, बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुको आस्थाको केन्द्र पशुपति, कृषि, जडिबुटी, खनिज र चराले ढुंगामा वृष्टि गर्दा विरुवा उम्रन्छ ।

आज बिदेश जादै गरेका युवाहरूलाई सोध्दा एउटै साझा उत्तर आउंछ, “घर खर्च अहिलेसम्म त राम्रै चलेको छ । छोराछोरी बढ्दैछन्, उनीहरू राम्रोसँग पढे डाक्टर, इन्जिनियर पढ्ने भए र बुवाआमाको अवस्था झन्झन् कम्जोर हुदैछ वहाँहरु उपचार गर्नुपरे पैसा कहाँबाट ल्याउने हाम्रो भएको सम्पत्तिले १ रात उपचार गर्दा सकिन्छ । अहिले त मेरो उमेर छ बिदेश पनि भिसा लाग्छ जब मेरो उमेर ४०/४१ पुग्छ, मलाई कसले लैजान्छ ।” यस्तो भनाइ अधिकांशको आउन्छ त्यहि खोजीमा छन् तर आखिर सपना त हो घरपरिवार गुमाउँदै आफू पनि उतै अस्ताएका घटना धेरै छन् ।

यसरी रुदैरुदै……बाहिर जाने सबैको रहर हुँदैन धेरै बाध्यताले जान्छन् । राज्यले अपराध गरेको छ, समाजवाद उन्मुख संविधान भनेर नि:शुल्क शिक्षा र स्वास्थ्य लेखेर ब्यापार गर्छ । तपाईंसंग कति पैसा छ, यत्ति शिक्षा र स्वास्थ्य किनेर पाइन्छ धनी र गरीबका छोराछोरीले पढ्ने स्कुल छुट्टाछुट्टै छन्, के उनीहरू फरकफरक क्षमता लिएर जन्मेका हुन्छन् र ? व्यक्तिव्यक्तिमा फरक क्षमता हुन्छ तर गरीब धनीमा हुँदैन । सामान्य कर्मचारीले पनि भ्रष्टाचार नगर्ने हो भने शिक्षा र स्वास्थ्य किन्न सक्दैन अझ भुइँ मान्छेको हालत के होला रुराजनीतिक पार्टीले पनि प्रतिपक्षमा हुँदा यस्ता कुरा चर्को सुनिन्छ तर सत्तामा हुँदा सुनेपनि नतिजा आएको छैन ।

आज डिग्री गरेको युवालाई खाडीले लेबरमा लैजान गाह्रो छ यो कतै नबिक्ने कस्तो शिक्षा हो ? नपढेको भन्दा पढेको मान्छे बेरोजगार छन् हाम्रा विधालय बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् अझ त्रिवि को त कुरा गरि साध्य छैन ४ वर्षीय कोर्स ६-७ वर्ष लाग्छ विद्यार्थी मानसिक समस्यामा पुग्ने र खर्च धान्न नसक्ने हुन्छ प्रश्नपत्रमा हुने लापरबाही त झन् सबैलाई थाहा छ भारतको प्रश्न लिएर परिक्षा गराउन खोजेको त भर्खरैको उदाहरण छ ।

सूचना-सञ्चार र यात्राले बिश्व एउटै भएको युगमा बिदेश नजाने भन्ने कल्पनासम्म गर्न सकिन्न तर हामीले कस्तो जनशक्ति पठाएका छौँ भन्ने महत्त्वपूर्ण कुरा हो । आज खाडीमा घरमा बेचिने दिदिबहिनीलाई नर्स पठाएर राम्रो सेवा सुबिधा सहित २-४ लाख कमाउने ठाउँमा पठाउन सकिन्थ्यो । त्यसरीनै प्रोफेसर, डाक्टर ,इन्जिनियर ,अर्थसाश्त्री लगायत धेरै जनशक्ति पठाउन सकिन्थ्यो अहिले पछिल्लो समय भुटान, क्युवा लगायत त्यस्तै गर्दैछन् । हामी अदक्ष मानिस पठाएर कम तलव र अपमानजनक व्यबहार भोग्न बाध्य पारेका छौँ ।

यो देशको दुर्दशा रोक्ने हो भने नि:शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य अनिवार्य हुनुपर्छ । संविधानमा लेख्ने कार्यन्यन नगर्ने राज्य ठग हो । अबको देश कस्तो बनाउने त्यो ऎना शिक्षाले देखाउन्छ, शिक्षा लथालिङ्ग पारेर कुनै देश समृद्धि हुँदैन ,आज शिक्षाका बारेमा कतै गम्भीर छलफल भएको देख्नु भएको छ ? अधिकांश सरहरु राजनीति गर्नुहुन्छ जागिर खाएपछि कहिले पढ्नु हुन्न रु२०-३०वर्ष अगाडि आर्जन गरेको शिक्षा अब आउने युवाको लागि काम लाग्छरु बरु नयाँ कुरा विद्यार्थी सिकाउन्छन । धेरै जस्तो स्थानीय जनप्रतिनिधि ठेक्कदार जस्ता हुनुहुन्छ डोजर र भवन बनाउने यो देशका प्रधानमन्त्री सरकार टिकाउ लाग्छ शिक्षा मन्त्री शिक्षानै नबुझेका कति भए कति ।

अन्त्यमा अहिले बाध्यताले बिदेश जादै गरेका युवाहरूलाई रोक्ने माध्यम भनेको गुणस्तरीय नि:शुल्क शिक्षा र स्वास्थ्य हो। घरपरिवारको शिक्षा र स्वास्थ्य किन्न युवाहरू बिदेशीएका छन् अब अलि राम्रो देश भएका युवाहरू फर्किन गाह्रो छ ।कम्तीमा यो राज्यले यी कुराको ग्यारेन्टी गर्ने हो भने बाध्यताले बाहिर जाने परिपाटीको अन्त्य हुने थियोे तर शासकहरुको अझै चेत खुलेको देखिदैन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिमल चाैहान
लेखकको बारेमा

बिमल चाैहान

चाैहानको समसामयिक विषयमा स्वतन्त्र खरो विश्लेषकको पहिचान छ ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?