महिला विश्व कप : समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै

काठमाण्डाै । फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।

आज हुने समूह ‘एच’को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।

कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?