भारतसँग श्रीलंकाको ३०२ रनको लज्जास्पद हार

 काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलंका ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ।

यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो। ओपनर रोहित शर्मा ४ रनमै मधुशंकाको शिकार भए। तर त्यसपछि शुभमन गिल र विराट कोहलीले १८९ रनको साझेदारी गरे। गिलले ९२ र कोहली ८८ रन बनाएर आउट भए। तेस्रो नम्बरमा मैदान आएका श्रेयस अयरले पनि ८२ रनको योगदान दिए। केएल राहुलले २१ रन बनाए।​

श्रीलंकाका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए। देशमुख चमिराको नाममा १ विकेट रह्यो। जवाफमा श्रीलंकाले खराब प्रदर्शन गर्‍यो। उसले ३ रनमै ४ विकेट गुमायो। पाथुम निशान्का, दिमुथ करुणारत्ने, दुशन हेमन्था, दुशमन्था चमिरा र सादिरा मसराविक्रमा शून्यमै पवेलियन फर्किए।

 कप्तान कुशल मेन्डीस र चरिथा आशल‌ंकाले ११ रन बनाए। कसुन रजिथाले सर्वाधिक १४ रन बनाए। १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा ५५ रन मात्र बनाउन सफल भयो।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शिरजले ३ विकेट लिए। जीतपछि १४ अंक बनाएको भारत २ खेल अगावै सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्यो।

प्रतियोगिता अन्तरगत आज अफगानिस्तान र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?