कोशी प्रदेश सभा बस्दै, सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

काठमाडौं । कोशी प्रदेश सभाको बैठक बस्दै छ।

बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ।

एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन्। सत्ता  गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन्।

उसले आफूहरू गठनन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ। यद्यपी सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?