पाठ्यक्रमले समेट्न नसकेको पूर्वीय संस्कृति

भनिन्छ, बालबालिकाहरु काँचो माटोजस्तै हुन् । उनीहरुलाई जस्तो आकार बनाउन खोजिन्छ, त्यस्तै बन्छन् । शिक्षाले मानव जगत् लाई सु-सस्कारयुक्त, आत्मविश्वासी, र स्वावलम्बी बनाउनुपर्नेमा हामीले निर्माण गरेका पाठ्यक्रममा ती विषयहरु अट्न सकेको देखिदैन । आफ्नो माटो सुहाउँदो पाठ्यक्रम बन्न नसक्दासम्म शिक्षामा गुणात्मक सुधारको अपेक्षा राख्नु मुर्खता हुन्छ । शिक्षाको आधुनिकीकरण गर्ने नाममा हामीले आफ्नो मौलिकपन गुमाउँदै गयौं । हामी आफ्नो पूर्वीय संस्कार र संस्कृति बिर्सिएर अरुको देखासिकिमा रमाउन थाल्यौं, जसका कारण हामी कागजका फूलजस्ता भयौं । शिक्षा आँखाको ज्योति हो यो बिना मानवको जीवन अन्धकारमय हुन्छ । मानव जीवनलाई सफल र समुन्नत बनाउनका लागि हाम्रा मौलिक सस्कार र संस्कृतिलाई शिक्षासग जोड्नु अत्यन्तै आवश्यक देखिन्छ ।

औपचारिक शिक्षा प्रदान गर्ने मूल थलो विद्यालय हो । विद्यालय शिक्षाको पाठ्यक्रम, उक्त पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्‍याउने शिक्षकमा हुनुपर्ने संस्कार एवं विद्यालयको समग्र शैक्षिक वातावरणको प्रभाव विद्यार्थीहरुमा पक्कै पर्छ । हाम्रा प्राचीन मौलिक संस्कार एवं संस्कृति समेटिएका पाठ्यक्रम र पाठ्यपुस्तकहरु विद्यार्थीको झोलामा छैनन् केबल अङ्ग्रेजी भाषामा लेखिएका वृहत् ठेलीहरु जबरदस्त बोक्न बाध्य बनाइएको छ । नीति, आदर्श र हाम्रा भव्य सस्कृतिका ग्रन्थहरु न त शिक्षकको दैनिक पाठयोजनामा परेका छन् न त विद्यार्थीहरुको घर परिवारमा पढाइएको छ । यस धर्तीमा जन्म दिने मातापिता, आफू जन्मिएको माटो र असल ज्ञान दिने गुरु संसारमा सबैभन्दा पूजनीय हुन्छन् भन्ने हाम्रो पुूर्वीय शिक्षालाई नयाँ पुस्ताका विद्यार्थीहरुमा पुर्‍याउन नसक्नु पक्कै पनि हाम्रो कमजोरी हो । बिहान प्रातस्कालमा उठ्ने, मातापिताको चरण स्पर्श गरेर दिनको सुरुवात गर्ने, आफ्ना इष्टदेवको स्मरण गर्नेजस्ता कुराहरु पाठ्यक्रममा समेटिन नसक्नु हामी सबैको दुर्भाग्य हो ।

विद्यालयको पाठ्यक्रमबाट संस्कृत विषयलाई अनिवार्य विषयका रुपमा समावेश नगरिनु बरु पाश्चात्य धर्म, दर्शन, संस्कृतिको अनुसरण गर्न प्रोत्साहित गर्नुले पनि भयावह अवस्था सिर्जना गरेको हो भन्न कुनै कन्जुस्याइँ गर्नु पर्दैन । हाम्रो प्राचीन भाषा संस्कृतलाइ निकम्मा र हाम्रा मौलिक परम्पराहरु तुच्छ र औचित्यहिन छन् भन्ने दुष्प्रचार गर्ने प्रवृत्ति पनि यहाँको माटोको हितमा छैन । विदेशीहरुले हाम्रो भव्य संस्कृतिका विरुद्ध गरेका कुप्रचारहरु हाम्रा लागि अत्यन्तै मधुर लाग्नुले हाम्रो यात्रा क्रमशः अधोगतितर्फ उन्मुख भएको पुष्टि हुन्छ । असल गुरु र मित्रको ज्ञानले आफूमा भएका आधा अवगुण नष्ट हुन्छन्, त्यसैले शिक्षासँगै सङ्गतमा पनि ध्यान दिऊँ । असल शिक्षक र मित्रले असल व्यवहार, अनुशासन, नियत र सर्वहितको कार्यमा लाग्न उत्साहित गराउँदछन् । असल गुरु र असल मित्रले गलत ढङ्गका आचारविचारलाई हटाइ राम्रो जीवन उपयोगी मार्गमा पाइला चाल्न सिकाउन तनमनले लागेका हुन्छन् । कुनै पनि देशलाई कमजोर बनाउँदै त्यसको अस्तित्व समाप्त पार्नु छ भने अणु र एटम बमको प्रयोग गर्नु पर्दैन । त्यहाँको भाषा र संस्कृतिमाथि प्रहार गरे पुग्छ । अहिले नेपाली सस्कृतिको जननी पुर्वीय संस्कृतिका विरुद्धमा जे भइरहेको छस समय सापेक्षताका लागि होइन स्वार्थपूर्तिका लागि भइरहेको छ । संसार हाक्ने पूवीय दर्शनका हकदारलाई पश्चिमी दासहरुले पैसाकै आड भरोसामा हामीलाई पिडा दिइरहेकाछन् । शासनसत्ता र कुत्सित राजनीतिको बुइ चढेर हाम्रो आस्थामाथी प्रहार गरिएको छ । पूर्वीय सभ्यताको जननी संस्कृत भाषा, संस्कृति अनि साहित्यलाई हामीबाट खोसेर उनीहरुले आफ्नो बैभव बनाइरहेको सन्दर्भ निकै डरलाग्दो देखिन्छ ।यहाँ हामीलाई उल्टै अंग्रजीको हाउगुजी देखाएर दास बनाइरहेछन् । यो कुरोको चिरफार हुन ढिलो भइसकेको छ । हामी त यति ठूलो भ्रममा छौं नि, अंग्रेजी जान्नु भनेको महाज्ञान जान्नु हो भने अंग्रेजी नजान्नु भनेको गँवार हुनु हो, केहि नजान्नु हो। हामीलाई यस्तो बेकारको भेडो बनाउनका लागि उनीहरुमको ठूलो लगानी छ । व्यवस्थित लगानी छ । रहस्यको गहिरो राजनीति छ । माहोल यस्तो बनाइएको छ की हामी अंग्रेजीको हाउगुजीले त्रस्त छौं र आफ्ना नानीबाबुलाई अंग्रेजीमात्रै जान्ने बनाउन ध्याउन्नमा दिनरात लागिपरेका छौँ । हाम्रा मौलिक पर्वहरु र संस्कृति भन्दा आयातित पर्व एवं सस्कृतिको मोह गर्ने विद्यार्थी बनायौं ।आखिर आफ्नोजति बिर्सिएर अरुकै पछि दौडन अभ्यस्त बनायौं ।

अहिलेको पाठ्यक्रमले विद्यार्थीहरुमा आध्यात्मिक चेतना प्रवाह गर्न सकेको देखिदैन । आध्यात्मिक चेतना प्रवाह गर्न नसकेकै कारण तथा भौतिक सुखसुबिधालाइ सर्वस्व मान्न लगाइका कारण पछिल्लो पुस्ताका युवाहरुमा विदेशमोह बढ्दै गएको देखिन्छ । कोहिपनि युवा स्वदेशमा बसेर यहीँको माटोलाई सिंगार्ने सोच नराख्नु, आफ्नो भाषा , धर्म, संस्कार, संस्कृतिको माया गर्नुको साटो अपवाख्या गर्ने प्रवृतिले देशको राष्ट्रियता, स्वाधीनता नै खतरापूर्ण अवस्थामा पुगेको छ । हाम्रै माटोमा रहेका औषधीय गुणले युक्त विभिन्न प्रकारका जडीबुटीहरुको व्याख्या गरिएको आयुर्वेद , शरीर र मनलाई जोड्न सिकाउने योगशास्त्र, पूर्वीय आदर्श एवं भव्य परम्पराका साक्षीका रुपमा रहेका पौराणिक सन्दर्भहरु, विश्वले नै उत्कृष्ट दार्शनिक ग्रन्थका रुपमा स्वीकार गरेको श्रीमद्भगवत् गीताजस्ता सामग्रीहरुलाई विद्यालयको पाठ्यक्रममा समेट्न सकियो भनेमात्रै ऋषिमुनिहरुले स्थापना गरेको गुरुराष्ट्र नेपालले गुमाएको छविलाई पुनः स्थापित गर्न सक्छ, अन्यथा आफ्नोपन गुमाएको पराधीन र कमजोर राष्ट्रमै सीमित रहने पक्कै छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?