मधेश प्रदेश सरकार गठनका लागि दिइएको समय आज सकिँदै

काठमाडौं । मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदै छ।

प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादवनेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो।

यसैबीच ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन्।

६ दलीय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ । जनमतले सांसद सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।

६ वटै दलको बैठकले बिहान ७ बजे सरकारको दाबी पेश गर्ने तयारी गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?