कोशी सरकारले स्थापना दिवस मनाउने

विराटनगर । कोशी सरकारले प्रदेश सरकार स्थापना भएको दिनलाई विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गते विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने निर्णय गरेको हो।

बैठकले सो दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार बैठकले प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ।

यस्तै, बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ।

यसैगरि विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए।

बुधबारको बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने पनि निर्णय गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?