प्रधानमन्त्री देउवालाई सीपीसी कंग्रेसमा सहभागी हुन चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आगामी नोभेम्बरमा हुने पार्टीको २०औं कंग्रेस(अधिवेशन)मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले आफ्नो दूत बनाएर पार्टीका विदेश विभाग प्रमुख लिउलाई नेपाल पठाएका हुन्।

आइतबार अपरान्ह बालुवाटारमा भएको द्विपक्षीय भेटमा लिउले राष्ट्रपति सीको सन्देश सुनाउँदै पार्टीको कंग्रेसमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निम्ता दिएको बालुवाटार स्रोतले बताएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी नोभेम्बरमा हुँदैछ।

भेटमा विदेश विभाग प्रमुख लिउले नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिबारे चासो व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने आश्वासन दिएका थिए।

भेटमा नेपाल–चीन सम्बन्धलगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

मन्त्रालयकाअनुसार आइतबारै विदेश विभाग प्रमुख लिउले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?